News

Oct 6, 2008

दसैंमा पश्चिमी जिल्लामा खाद्यान्न संकट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महान पर्व दसैंका बेला मध्य तथा सुदूरपश्चिमाञ्चलका अधिकांश जिल्लाका जनताले खाद्यान्न संकट ब्यहोर्नुपरेको छ । यसवर्ष साउन महिनाको पहिलो सातादेखि मध्यपश्चिमको रोल्पा, रुकुम, दैलेख, जाजरकोट, मुगु, हुम्ला, डोल्पा, कालिकोट र सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी, बझाङ्ग, बाजुरा, अछाम जिल्लामा खाद्यान्न संकट परेको छ ।ती जिल्लाका अति दुर्गम गाउँ विकास समितिका करिब एक लाखभन्दा बढी जनता खाद्यान्न संकटबाट प्रभावित भएको त्यसक्षेत्रका २५ मानवअधिकारवादी संस्थाले हालै गरेको संयुक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ ।नेपाल खाद्य संस्थानको नेपालगन्ज र धनगढी अञ्चल कार्यालयले वर्षात्ले बिगारेको बाटोको असुविधाका कारण जिल्लामा पर्याप्त खाद्यान्न पठाउन नसकिएको जनाएको छ भने त्यहाँका जनता संस्थानको गैरजिम्मेवारीपनलाई दोषी ठान्छन् । खाद्य संकटबाट उत्पन्न भोकमरीका कारण त्यहाँका बासिन्दामा कुपोषणका कारण विभिन्न रोगको संक्रमणसमेत देखापरेको छ ।

No comments: