News

Oct 4, 2008

सशस्त्र समूहसँग वार्ताका लागि सरकारद्वारा समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले तराइमा द्वन्द्वरत सम्पूर्ण सशस्त्र समूहलाई शान्तिपूर्ण वार्तामा आउन आहृवान गर्दै वार्ताका लागि शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्माको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले शर्माको संयोजकत्वमा स्थानीय विकासमन्त्री रामचन्द्र झा र शिक्षामन्त्री रेणु यादव रहनुभएको तीन सदस्यीय समिति गठन गरेको वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले जानकारी दिनुभयो ।मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत आफ्नो कैद अवधि पूरा गरेका ३७२ जना र ७० वर्ष उमेर नाघेका चार कैदीलाई बाँकी कैद मिनाहा गरी रिहा गर्ने निर्णय पनि गरेको छ । यसैगरी आस्थाका आधारमा मुद्दा चलाइएका तथा विभिन्न जनआन्दोलनमा पक्राउ गरी थुनामा राखिएका विभिन्न आस्थाका बन्दीलाई प्रक्रिया पुर्‍याएर रिहाईका लागि सिफारिस गर्ने निर्णय पनि भएको जनाइएको छ ।

No comments: