News

Feb 8, 2009

गिरिजाप्रसाद कोइरालाको पाँच संघीय राज्य बनाउनुपर्ने अवधारणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले उत्तर-दक्षिण एकै ठाउँ मिलाएर देशभरिमा तीनदेखि पाँचवटा मात्र संघीय राज्य बनाउनुपर्ने अवधारणा प्रस्तुत गर्दै यसमा मधेसी नेता र मधेसवादी दलहरूले पनि साथ दिने विश्वास व्यक्त गर्नुभएको छ। मधेसवादी दल र तिनका नेताहरूमा रियलाइजेसन’ शुरू भइसकेको छ,’ राजधानी र्फकनुअघि आइतबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसित कुरा गर्दै सभापति कोइरालाले भन्नुभयो- मधेसका लागि एउटा ऐतिहासिक निर्णय आवश्यकता छ, त्यो के हो भने मधेसवादी दल र नेपाली कांग्रेस मिल्नर्ैपर्छ। नमिल्ने हो भने उनीहरू पनि सफल हुँदैनन् र हामी पनि सफल हुँदैनौं। मधेसका अधिकांश नेताले यस कुराको महसुस गरिसकेका छन्।’उहाँको भनाइ थियो, चुनावका बेला एउटा लहर आएको थियो। तर अब सबै सेटलमेन्ट भइसकेको छ।’पाँचवटाभन्दा बढी संघ बनाउनु आर्थिक दृष्टिले सम्भव नहुने तर्क प्रस्तुत गर्दै उहाँले अहिलेका पाँच विकास क्षेत्रलाई नै पाँचवटा संघीय राज्य बनाउनु उपयुक्त हुने सुझाव दिनुभयो।उत्तर-दक्षिण एकै ठाउँ मिलाएर बढीमा पाँचवटा मात्र राज्य बनाउने सूत्रलाई मानेर आए भने मधेसवादी दलहरूसित कार्यगत एकता हुनसक्ने उल्लेख गर्दै कोइरालाले भन्नुभयो, त्यहाँ पनि त आखिर धेरैजसो प्रजातन्त्रवादीहरू नै छन् नि, हाम्रै पार्टीबाट गएकाहरू पनि छन्।’संघीयताका नाममा मुलुक नै टुक्रयाउने खेलप्रति र्सतर्क र सचेत रहन आ≈वान गर्दैर् उहाँले शक्ति पृथकीकरणका आधारमा संघीय राज्यलाई सञ्चालन गरिनुपर्ने बताउनुभयो।नेपाली जनताले प्रधानमन्त्री प्रचण्डको विकल्पको खोजी गर्न थालेको तर आफू भने सरकार बनाउने र भत्काउने खेलमा नलागेको कोइरालाको भनाइ थियो।एक प्रश्नको उत्तरमा कोइरालाले एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएमा आफूलाई स्वीकार्य हुने प्रतिक्रिया दिनुभयो। म त उनलाई बचाउनै चाहन्छु, सहयोग गर्न नै तयार छु तर आफ्नै क्रियाकलापले उनी अस्ताउन थालिसकेका छन्’, उहाँले भन्नुभयो- एउटा सिता छामेपछि भाँडाको भात पाक्यो कि पाकेन भन्ने थाहा हुन्छ। त्यसैगरी प्रचण्डको एक दुइवटा कामले नै उनी असफल भइसके भन्ने प्रमाणित भइसकेको छ। अध्यादेशको नियतबाट पनि उनी तानाशाही र निरंकुश तरिकाले शासन गर्दै छन् भन्ने देखिइसकेको छ।’ नेपालका सम्बन्धमा भारत र चीनको दृष्टिकोण एउटै भइरहेको चर्चा गर्दै नेता कोइरालाले यो सुधारको संकेत हो भन्ने टिप्पणी गर्नुभयो।

No comments: