News

Sep 3, 2009

आदिवासी जनजाति, मुस्लिम, दलित संयुक्त संघर्ष समितिको प्रेस-विज्ञप्ति

मितिः २०६६ भाद्र १८
आदिवासी जनजाति, मुस्लिम, दलित संयुक्त संघर्ष समितिको अगुवाइमा आदिवासी जनजाति, मुस्लिम, पिछडावर्ग लगयातका जनताहरुसंग विगतमा भएका आम सहमति जुन नेपाल सरकारले कार्यान्वयन गर्नुको सट्टामा षड्यन्त्रमुलक तवरबाट तुहाउने दुस्प्रयास गरी हाम्रा जायज मागहरु छाँयामा पारिएकोले पुनः आन्दोलनको घोषणा गर्दै सडक तताउन बाध्य भएकाछौं । आज भाद्र १८ गते काठमाडौंका तीन शहरबाहेक नेपाल बन्दको घोषणा गरी शान्तिपूर्ण आन्दोलनको क्रममा देशका विभिन्न भागहरुमा संघर्ष समितिअन्तर्गतका मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताहरु चन्द्रसिङ् नेम्बाङ, जेण्टल लावती, सञ्जय भुजेल, खाम्बेक आङ्लालगायत ६ जना धनकुटामा र ६ जना कार्यकर्ता सुनसरीको इटहरीम गिरफ्तार गरिएका छन् । यसैगरी, खम्बुवान स्वायत्त राज्य परिषद् (खम्बुवान डेमोक्रेटिक फ्रन्ट) का केन्द्रीय सदस्य माधव खम्बूलगायत ७ जना खम्बुवानमा गिरफ्तार गरिएका छन् । त्यसैगरी, मञ्चसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषद्अन्तर्गत् सिन्धुलीमा मिलन लामा, ताराबहादुर बम्जन, तिलतिलि बम्जन, मनोज लामा, मिलन बम्जन, रुद्रमान गोले, दिनेश लामा, सानुबाबु लामा, लालबहादुर लामा, सनम लामा र शिव परियार; दोलखामा परिषदका जिल्ला अध्यक्ष सूर्यबहादुर लामा र रोशन घिसिङ; नुवाकोटमा शोभामाया लामा, गणेशबहादुर गोलेलगायत ७ जना, थरुहट संघर्ष समितिका लमहीबाट सुरेन्द्र चौधरी; त्यस्तैगरी मगरहाङ परिषद्का इञ्चार्ज शिवलाल थापासहित तनहुमा भेषबहादुर थापा, यमुस मल्ल, रणबहादुरसिंङ थापालगायत दर्जनौं कार्यकर्ताहरुलार्इ पक्राउ गरी प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलनउपर हस्तक्षेप गरेकोछ । यस प्रकारको सरकारको हस्तक्षेपपूर्ण कार्यप्रति हामी आन्दोलनकारी संघर्ष समिति घोर भर्त्सना गर्दछौं । साथै, गिरफ्तार गरिएका आन्दोलनकारीहरुलार्इ विनासर्त तत्काल रिहाइ गर्न यसै विज्ञप्तिमार्फत् सम्वन्धित् पक्षको ध्यानाकर्षण गराउँदछौं । यदि यसलार्इ हाम्रो कमजोरी ठानेर सरकार थप दमनमा उत्रे त्यसको कडा प्रतिकार गर्न हामी बाध्य हुनेछौ र त्यसबाट उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार स्वयम् हुनुपर्ने जानकारीसमेत गराउँदछौ ।अन्तमा, बाध्यतावस गर्नुपरेको यो बन्दको आन्दोलनमा साथ सहयोग गर्नुहुने सम्पूर्ण उद्योगी-व्यवशायी, व्यापारी, मजदुर, कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार र नागरिक समाजलगायत सबैमा यहाँहरुको साथ सहयोगले आन्दोलनलार्इ यथासीघ्र लक्ष्यमा पुर्‍याउने प्रतिवद्धताकासाथ सहयोगका लागि हार्दिक धन्यवाद दिन चाहन्छौं ।
............................
लक्ष्मण थारु
आदिवासी जनजाति, मुस्लिम दलित संयुक्त संघर्ष समितिको तर्फबाट

No comments: