News

Sep 1, 2009

खोटाङको पहिरोमा परी १३ जना बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खोटाङको जलेश्वरी-२ मा गएको पहिरोमा परी १३ जना बेपत्ता भएका छन्। जिल्ला सदरमुकाम दिक्तेलदेखि करिब १६ कोस टाढा रहको जलेश्वरी-२ सिम्लेमा सोमबार राति करिब १२ बजेतिर घरमाथिबाट गएको पहिरोमा परी दुई घर पुरिँदा रणध्वज कार्की र पूर्णबहादुर कार्कीका सम्पूर्ण परिवार र एक पाहुनासहित १३ जना बेपत्तँ भएका हुन्।पहिरोमा परी बेपत्ता हुनेहरूमा ६६ वर्षीय रणध्वज कार्की, उनकी श्रीमती ५८ वषीर्या मिठुमाया कार्की, उनकी ४० वषीर्या छोरी राममाया कार्की (घिमिरे), राममायाकी डेढ वषीर्या छोरी कुमारी घिमिरे र नाम खुल्न नसकेका एक जना पाहुना रहेको प्रहरीले जनाएको छ।त्यस्तै अर्का घरका ३४ वर्षीय पूर्णबहादुर कार्की, उनकी २६ वषीर्या गर्भवती श्रीमती शोभा कार्की र उनका छोराहरू ९ वर्षीय रुद्रबहादुर कार्की, ६ वर्षीय मानबहादुर कार्की र तीन वर्षीय हरिबहादुर कार्की रहेका छन्। तीन घर मात्र बस्ती रहेको सिम्लेमा राति करिब १ हजार मिटर माथिबाट झरेको पहिरोले स्थानीय लवबहादुर राईको घर लगे पनि कोही पनि घरमा नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनँएको छ।छिमेकी जिल्ला सोलुखुम्बुको इलाका प्रहरी कार्यालय नेचाबाट प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना, जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ११ जना, इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट १५ जना र नेपाली सेनाको इन्द्रध्वज गणको सुरक्षा बेस क्याम्पस ऐसेलुखर्कबाट ३१ जनाको टोली घटनास्थलमा पुगेर उद्धारका लागि पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मिलन भट्टराईले बताए।पहिरोपीडितको उद्धारका लागि करिब ७२ जना सुरक्षाकर्मीहरू घटनास्थलसम्म पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक भट्टराईले जनाए। अहिले त्यहाँ सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरू उद्धारकार्यमा जुटिरहेका छन्। पहिरोले १३ जना बेपत्तँ भए पनि अन्य क्षतिका बारेमा कुनै विवरण आउन नसकेको बताइएको छ। अविरल रूपमा परेको पानी र लगातार रूपमा गएको पहिरोका कारणले उद्धारकार्य राम्ररी गर्न नसकेको स्थानीय बासिन्दा सरिता राजभण्डारीले जानकारी गराइन्।

No comments: