लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ भदौ सैनिक मुख्यालयमा कार्यरत मेजर कृष्णध्वज थापाले बाबुआमा भएकी १५ वर्षीया बालिकालाई अनाथ प्रमाणित गराई क्यानडा पठाउने प्रयास गरेका छन् । मेजर थापाले काठमाडौं बसुन्धराकी १५ वर्षीया सकिला लामालाई अनाथ बनाई दलालमार्फत क्यानडा पठाउने तयारी गरेका हुन् ।थापाले नयाँदिल्लीस्थित क्यानेडियन हाई कमिसनबाट 'अनाथ'का रूपमा बालिका लामाको नाममा भिसासमेत लगाइसकेका थिए । उनले बौद्ध प्रहरीबाट बालिका अनाथ रहेको नक्कली कागजात बनाएका हुन् । थापाले सकिलाका बाबुसँग बालिका अनाथ भएको नक्कली कागजात बनाएको स्विकारेका छन् ।क्यानडाली मन्त्रालयले 'तिम्री छोरी अनाथका रूपमा यसरी आउँदै छ' भन्ने पत्र दिएपछि आफू नेपाल फर्केको देवेन्द्रले बताए । छोरीलाई दलालमार्फत क्यानडा लान लागेको थाहा पाएपछि आफैं लान पाउ भन्दै उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाहेरी दिएका छन् । लामा क्यानडा उडाउन लागिएकी छोरी सकिलालाई जुलाई १० मा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउन सफल भएका थिए । तर, अहिले छोरी आफैंले लैजान भने पाएका छैनन् । मेजर थापा र राष्ट्रिय अनुसन्धानका एसपी उमेश पोखरेलले लामालाई छोरी लान दिएनन्, जिल्ला प्रशासन कार्यालय फर्काइदिए । बालिकालाई ३५ दिनभित्र क्यानडा लाने सर्तमा लामा बाबुछोरी दुवैको पासपोर्ट प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटीले नियन्त्रणमा लिएको लामाले बताएका छन् । 'बाबुछोरी दुवैको टिकट काटेर आउनुस्, अनि पासपोर्ट र छोरी दिन्छौं भनेर पठाए,' लामाले नयाँ पत्रिकासँग भने । तर, टिकट काटेर आएपछि पनि प्रमुख जिल्ला अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत बालिकाको अनाथ भिसा क्यान्सिल गराएको पत्र ल्याउन अह्राएको लामाले बताए । परराष्ट्रबाट कागजात ल्याएपछि पनि प्रजिअले छोरी नदिएको लामाले बताए । मंगलबार पनि छोरी फिर्ता नपाएपछि बाबु देवेन्द्रले सैनिक मुख्यालयमा मेजर थापाविरुद्ध बालिका बेपत्ता बनाएको भन्दै जाहेरी दर्ता गराएका छन् । छोरीलाई अनाथ हुनबाट रोक्न राष्ट्रिय मानवअधिकार आयोगमा उजुरीसमेत गरेको लामाले बताए । क्यानडामा काम गर्दै आएका लामाले गत वर्ष जेठी श्रीमती बबीसँग पारपाचुके गरेपछि क्यानडामै बस्दै आएकी छोरी सकिला आमासँगै नेपाल पठाएको बताए ।
No comments:
Post a Comment