लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल टेलिभिजन समावेशी कार्यक्रम संजालले नेपाल सरकारले नेपाल टेलिभिजनमा प्रसारण गर्दै आएको सम्पूर्ण समावेशी कार्यक्रम हटाउने निर्णय विरुद्ध आवाज उठाउन सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी गत असार ६ गते नेपाल टेलिभिजन महाशाखाका प्रमुखले ‘आ व २०६७-६८ का लागि समावेशी कार्यक्रमहरु सम्वन्धी अर्को निर्णय नभएसम्म हटाइएको निर्णय विरुद्ध आवाज उठाउन आग्रह गरेको हो । संजालले सो निर्णय तत्काल फिर्ता नगरेमा आफुहरु आन्दोलनमा जान बाध्य हुने समेत चेतावनी दिएको छ ।सो सम्मेलनमा एकीकृत नेकपा (माओवादी) का प्रवक्ता दिनानाथ शर्माले आफ्नो पार्टी पिछडिएको समुदायको अधिकारको लागि लडिरहेको बताउनुभयो ।उहाँले आफ्नो पार्टी सम्पूर्ण आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित लगायत पिछडिएका समुदायका लागि लडिरहेको बताउँदैं प्रबक्ता शर्माले नेपाल टेलिभिजनबाट सम्पूर्ण समावेशी कार्यक्रम हटाईनु गलत हो र सरकारको यस्तो निर्णय विरुद्धको अभियानमा आफ्नो पार्टीको पूर्णरुपमा सहयोग हुने पनि बताउनुभयो ।संजालका अध्यक्ष श्रीकृष्ण ज्यापुले विभिन्न बाहनामा समावेशी कार्यक्रम हटाईएको भन्दै समावेशी कार्यक्रम पुनः प्रसारण गर्न माग गर्नुभयो ।
No comments:
Post a Comment