News

Aug 2, 2008

मूल्यवृद्धि समायोजन नगरे खाद्यान्न ढुवानी रोक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई खाद्यान्न ढुवानी गर्दै आएको नेपाल खाद्य आपूर्ति ठेकेदार संघले सरकारले तत्कालै ठेकेदारहरूलाई खाद्यान्नमा बढेको मूल्य समायोजन नगरे खाद्यान्न आपूर्ति रोक्ने चेतावनी दिएको छ। विश्वमा नै देखिएको खाद्य संकट र पेट्रोलियम पदार्थमा बढेको मूल्यका कारण पहिलेकै मूल्यमा ती निकायलाई खाद्यान्न ढुवानी गर्न नसकिने संघका महासचिव रमेशकुमार पाठकले नेपाल समाचारपत्रलाई बताउनुभयो।नेपाल राष्ट्र बैंकले अहिले खाद्यान्नमा २३ प्रतिशतले मूल्यवृद्धि भएको तथ्यांक र्सार्वजनिक गरे पनि सरकारले खाद्यान्न ढुवानी गर्ने ठेकेदारलाई बढेको मूल्य समायोजन गर्नेतर्फकुनै चासो नदिएपछि चरणबद्ध रूपमा खाद्यान्न बन्द गर्दै जाने महासचिव पाठकले जानकारी दिनुभयो।एक वर्षघिको तुलनामा दालमा सात प्रतिशत, खाने तेलमा ५० प्रतिशत, खसीको मासुमा ४७ प्रतिशत, वनस्पतिमा घिउमा ३५ प्रतिशत, गेडागुडीमा ५० प्रतिशत, चामलमा ४० प्रतिशत मूल्यवृद्धि भएको भए पनि सरकारले पुरानै दरमा खाद्यान्न उपलब्ध गराउनुपर्ने जिकिर गरेपछि बाध्य भएर यस्तो कदम उठाउनुपर्ने स्थिति आएको ठेकेदारहरूले बताएका छन्।सरकारले खाद्यान्न आपूर्ति गर्ने ठेकेदारहरूलाई कुनै सहुलियत नदिएका कारण नेपाली सेनाको दाङस्थित १९ नम्बर वाहिनीका ठेकेदार वकिलबहादुर केसीका साथै अन्य केही ठेकेदारहरूले ठेक्का रद्द गरेको उहाँले बताउनुभयो।नेपाली सेनाले रासन ठेक्का टेन्डर फारम देशभरका लागि मुख्यालयबाट उपलब्ध गराउने भए पनि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाजिल्लाबाट मात्रै उपलब्ध गराउने, टेन्डर खोल्दा सम्बन्धित युनिटलाई मात्रै र्सवाधिकार दिएका कारण आफना नजिकका ठेकेदारलाई मात्रै टेन्डर पार्ने प्रवृत्तिविरुद्ध पनि संघ एक भएर अगाडि बढ्ने महासचिव पाठकले बताउनुभयो। यता सेनाले सुगम जिल्लामा रहेका आफना युनिटलाई विगत १४ वर्षेखि बिनाटेन्डर मट्टीतेल आपूर्ति गराउँदै आएको विरुद्ध पनि आन्दोलन गर्ने उहाँले बताउनुभयो।

No comments: