News

Aug 2, 2008

माओवादीका चार विकल्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
देशमा दुइ हप्तादेखि कामचलाउ सरकार भएका बेला निकै महत्त्वसाथ हेरिएको नेकपा (माओवादी) केन्द्रीय कमिटीको दुइदिने बैठक अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन तीव्र पहल गर्ने निर्णया साथ शुक्रबार सकिएको छ।
कांग्रेस माओवादीबाहेकको सरकार बनाउने पक्षमा
राष्ट्रपतिको निर्वाचनमा आफनो उम्मेदवारको पराजयपछि सरकारमा नजाने सोचाइ बनाएको माओवादीले राष्ट्रपतिको निर्वाचनमा एमालेसँगको सहकार्य विफल हुनुलाई आफनो गम्भीर भूल भएको स्वीकार गर्दै राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ।आगामी दिनमा सहमति र सहकार्य गर्न राष्ट्रपति निर्वाचनको गम्भीर समीक्षा गर्नुपर्छ भन्ने एमालेको धारणा आइरहेको कुरालाई ध्यानमा राखी माओवादीले गल्ती स्वीकार गरी आगामी दिनमा सहमतिका लागि मार्ग प्रशस्त गरेको माओवादीको विश्लेषण रहेको छ।केन्द्रीय कमिटीको बैठकले आगामी सरकारको अवधारणाबारे छलफल गरी सरकार निर्माणका लागि विकल्पहरू पनि तय गरेको छ।सबै पार्टी सहमतिमा राष्ट्रिय सरकार बनाउने, राष्ट्रिय सरकार बन्न नसके बहुमतको सरकार बनाउने, त्यो पनि सम्भव भएन भने अन्य दलको र्समर्थनमा अल्पमतको एकल सरकार बनाउन प्रयत्न गर्ने विकल्पअगाडि सारी माओवादी बैठकले जस्तो सरकार बने पनि त्यो अस्थिर र जनताको पक्षमा काम गर्न नसक्ने हुनुहुँदैन भन्ने कुरामा जोड दिएको छ। माओवादीले आफनो नेतृत्वमा सरकार बनाउन प्रयत्न गर्दागदै नि सम्भव नभएमा संविधान निर्माण र शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरी प्रमुख प्रतिपक्षमा बस्ने निर्णयपनि गरेको छ।केन्द्रीय कमिटीको बैठकले पार्टी केन्द्रीय कार्यालयका तर्फाट तयार गरिएको आगामी सरकारको अवधारणाका बारेमा छलफल गरेको छ। केन्द्रीय सदस्यहरूले दिएका सुझावलाई समावेश गरी तयार हुने अवधारणा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलसमक्ष राख्ने निर्णयबैठकले गरेको पार्टी वक्ता कृष्णबहादुर महराले जानकारी गराउनुभएको छ।

No comments: