News

Aug 2, 2008

'गरिबी निवारणमा सार्कको साझा एजेन्डा आवश्यक'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दक्षिण एसियाली क्षेत्रको प्रमुख चुनौतीका रुपमा रहेको गरिबीको सामना गर्नका लागि सार्क राष्ट्रहरुबीच साझा एजेन्डा तय गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा आज शनिबार सुरु पन्ध्रौं सार्क शिखर सम्मेलन उद्घाटन अवसरमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले यस्तो बताउनुभएको हो । गरिबी निवारणका लागि सार्क राष्ट्रहरुमा भएका साधन र स्रोतलाई परिचालन गरे प्रभावकारी हुने र चुनौती सामना गर्न सहज हुने उहाँले बताउनुभयो ।नेपालमा जलस्रोत भएजस्तै सार्कका अन्य राष्ट्रहरुमा आ-आफ्नै महत्वपूर्ण स्रोत रहेकाले तिनको सदुपयोग गरी साझ एजेन्डासाथ अघि बढर्नुपर्नेमा जोड दिनुभएको समाचार एजेन्सीहरुले जनाएका छन् । नेपालमा छोटो समयमै राजनीतिक परिवर्तन भए पनि आर्थिक विकास स्थित भइनसकेको उहाँले बताउनुभयो । लामो समयसम्मको द्वन्द्वपछि अब बिस्तारै स्थिरतातर्फ उन्मुख हुँदै गरेकाले सहयोग गर्न मित्रराष्ट्रहरुलाई प्रधानमन्त्री कोइरालाले आग्रह गर्नुभएको थियो ।एक वर्षको अवधिमा नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको कोइरालाले आफ्नो मन्तव्यका क्रममा राख्नुभएको थियो । नेपालमा शान्तिपूर्ण रुपमा गणतन्त्र स्थापना भएको भन्दै उहाँले राजाले पनि परिवर्तनलाई सहज रुपमा स्वीकारेको उल्लेख गर्नुभयो । यसैगरी उहाँले जलवायु परिवर्तन रोक्न प्राकृतिक सम्पदा संरक्षण आवश्यक भएको धारणा राख्नुभएको थियो ।सार्कको १५ औँ शिखर सम्मेलन कोलम्बोेस्थित बन्दरानायके स्मृति सम्मेलन केन्द्रमा सुरु भएको हो । सार्क सदस्य राष्ट्रका प्रमुखहरुले संयुक्त रुपमा दीप प्रज्वल्लन गरी सम्मेलनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सार्क सबै राष्ट्रका प्रमुखहरुले सम्बोधन गरेका छन् ।भोलि आइतबारसम्म चल्ने सम्मेलनमा आतङ्कवाद, उर्जा सुरक्षा, जलस्रोत, खाद्य सुरक्षा कोष, गरिबी निवारण, मौसम परिवर्तन, विज्ञान र संस्कृतिको विकासलगायत यस क्षेत्रको चासोका रूपमा रहेका महत्वपूर्ण विषयमा छलफल हुने छ ।सार्कले यसक्षेत्रका जनताबीचको साझेदारी संम्भावना र विकासलाई जोड दिने छ भने आर्थिक विकास र महिला तथा वालवालिकाको विकासलाई महत्व दिदै अलग अलग घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।-तस्बिरमा सम्मेलन उद्घाटनमा सार्क राष्ट्रका प्रमुखहरु

No comments: