News

Aug 4, 2008

चार दलको बैठक सकारात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि पहिलो पटक सँगै बसेका प्रमुख चार दलको बैठक सकारात्मक भएको सहभागिहरुले बताएका छन् तथा सहमतिको सरकारको आधार तयार पार्न साउन २१ गते पुनः अर्को बैठक गर्नेभएका छन् । राष्ट्रपति डा. रामवरण यादवले सरकार गठन गर्न दिएको एक साता समय सकिनुभन्दा एक दिन अघि भएको प्रमुख चार दलको बैठकले बिगतमा भए/गरेका कमजोरी हटाउन सबै दलले प्रयास गर्ने सहमति गरेको छ । साउन २० गते सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यलयमा भएको माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमबीचको बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउने आधार तयार पार्न साउन २१ गते बिहान १० बजे पुन बैठक गर्ने सहमति पनि गरेको छ । बैठक सकिएपछि संचारकर्मीसँग कुरा गर्दै एमाले महासचिव झलनाथ खनालले राष्ट्रपतिले दिएको समयमा सरकार गठनबारे टुङ्गो लगाउन आफूहरुले प्रयास गर्ने बताए । संचारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव खनालले माओवादी नेतृत्वमै भावी सरकार बन्ने तर माओवादीले अरु दलहरुको बिश्वास जित्नु आवश्यक रहेकोमा जोड दिए । संचारकर्मीहरुसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे सबै दलबीच सहमति भएको र त्यसको आधार २१ गते हुने बैठकले तयार पार्ने बताए । फोरम संसदीय दलका नेता बिजय गच्छेदारले सहमतिको सरकार गठनको आधार तयार पार्न २१ गते बैठकले कार्यदल निर्माण गर्ने जानकारी दिए । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीले अन्य दलको बिश्वास प्राप्त गर्न बिगतका सम्झौताहरुलाई कार्यन्वयन गर्नुपर्ने धारणा राखे । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि पहिलो पटक एकै ठाउँमा बसेका प्रमुख चार दलको सहमतिमा सरकार बने त्यसले संविधानसभाको दुई तिहाईभन्दा धेरैको बिश्वास स्वतः प्राप्त गर्नेछ ।

No comments: