News

Aug 4, 2008

भारत सहमतीय सरकारको पक्षमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
नेकपा (माओवादी) नयाँ सरकार बनाउन गृहकार्यमा जुटिरहेका बेला भारतले नेपालमा राष्ट्रिय सहमतिको आधारमा नयाँ सरकार बनाउन सुझाव दिएको छ।दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (र्सार्क) को १५औं शिखर सम्मेलनका क्रममा श्रीलंकाको राजधानी कोलम्बोमा आइतबार बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटवार्ताका क्रममा भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहले सो सुझाव दिनुभएको हो।भारतीय प्रधानमन्त्री बस्नुभएको ताज समुद्र होटलमा भएको ४५ मिनेट लामो भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो- ँभारतले नेपालमा राष्ट्रिय सहमतिको सरकार बनोस् भन्ने कामना गरेको छ।’भारतीय प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया निष्कर्षा पुर्याउन जुनसुकै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो भने प्रधानमन्त्री कोइरालाले नेपालको शान्ति प्रक्रियामा भारतले पुर्याएको सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि सहयोग जारी रहने अपेक्षा व्यक्त गर्नुभएको अन्तर्रर्ााट्रय सञ्चारमाध्यमहरूले जनाएका छन्।भेटवार्तामा भारतीय प्रधानमन्त्री सिंहले नेपालको जारी शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन र नयाँ संविधान लेख्न सबै दलबीच सहकार्यको आवश्यकता रहेको औंल्याउनुभयो।प्रधानमन्त्री कोइरालाले नेपालमा राष्ट्रिय सहमतिको सरकार बन्न सके जनताको आकांक्षाअनुरूप निर्धारित समयमै संविधान बन्ने जनाउँदै आफू राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयासरत रहेको जानकारी भेटमा गराउनुभयो।भारतीय प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री कोइरालाले सञ्चारकर्मीसँग भन्नुभयो- ँस्थिर, शान्ति र प्रजातान्त्रिक नेपाल भारत हेन चाहन्छ।’भारतका प्रधानमन्त्री सिंहले नेपाल र भारत सुखदुःखका साथी हुन् भन्दै सहयोगका लागि सधैं तयार भएको बताउनुभएबाट आफू निकै उत्साही भएको सञ्चारकर्मीसँग प्रधानमन्त्री कोइरालाले बताउनुभएको थियो।दुइ प्रधानमन्त्रीको भेटपछि भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले सञ्चारकर्मीसँग कुरा गर्दै भेटवार्ता आपसी सम्बन्ध विस्तारमा महत्त्वपूर्ण आयाम भएको टिप्पणी गर्नुभयो।यसैबीच र्सार्कको १५औं शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आज राजधानी र्फकनुहुने भएको छ।प्रधानमन्त्री कोइराला नेपाल र्फकने क्रममा आइतबार साँझ भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो।स्वदेश र्फकनुअघि आज नै प्रधानमन्त्री कोइरालाले भारतीय कंग्रेस (आई) की अध्यक्ष सोनिया गान्धी, भारतीय जनता पार्टी वरिष्ठ नेता लालकृष्ण आडवाणीलगायतका नेतालाई भेट्ने बताइएको छ।
-->

No comments: