News

Sep 3, 2008

सेनाद्वारा १५ हजार विस्थापितको उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसीको बाढी कोसी बाढीपीडितमध्ये १५ हजार ६० जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । सेनाले सुनसरीका श्रीपुर, हरिपुर, पश्चिम कुशाहा र लौकही गाविसका विस्थापितको उद्धार गरेको हो ।सेनाको सुनसरी, इटहरीस्थित पूर्वी पृतना मुख्यालयका अनुसार १४ हजार जनालाई पैदल माध्यमबाट, ७ सय ४ जनालाई हेलिकोप्टरबाट र ३ सय ५६ जनालाई डुङ्गाद्वारा उद्धार गरिएको थियो । डुङ्गा प्रयोग गरेर डुबानक्षेत्रबाट पीडित परिवारका १३ हजार किलो घरेलु सामान उद्धार गरिएको जनाइएको छ । यसैगरी हेलिकोप्टरद्वारा १५ हजार ४ सय किलो र डुङ्गाद्वारा तीन हजार ५ सय किलो राहत सामग्री वितरण गरिएको जनाइएको छ ।

No comments: