News

Sep 5, 2008

डा. रामशरण महतले बिधायिका संसदमा माफी माग्नुपर्ने माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व अर्थमन्त्री डा. रामशरण महतले रक्षामन्त्री रामबहादुर थापा बादलले राष्ट्रपतिलाई लाञ्छित गरेकोमा बिधायिका संसदमा माफी माग्नुपर्ने माग गरेका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले रक्षामन्त्री रामबहादुर थापा बादलले राष्ट्रपतिलाई आरोपित गरेकोमा बिधायिका संसदमा माफी माग्नुपर्ने माग गरेका छन् । भदौ २० गते बिधायिका संसद बैठकको बिशेष समयमा बोल्दै महतले रक्षामन्त्री बादलले राष्ट्रपति डा. रामवरण यादव ओलम्पिक उद्घाटन समारोहमा भाग लिन चीन नजानुमा बाह्यशक्तिको हात रहेको बोलेर राष्ट्रपतिको अपमान गरेको बताए । 'कि कुन बाह्य शक्तिको दबाबमा राष्ट्रपति चीन नजानुभएको हो भन्ने प्रष्ट पार्नुपर्छ कि भने यहाँ आएर माफी माग्नुपर्छ' महतले भने ।बिशेष समयमा बोल्दै सभासद पासाङ शेर्पाले सबै सभासदले अनिवार्यरुपमा कोट लगाउनुपर्ने नियमले आफूहरुको अधिकार हनन भएको बताए । 'मानिसहरुले आफूले सानैदेखि लगाएको कपडा लगाउन पाउनुपर्छ' शेर्पाले भने ।

No comments: