News

Sep 4, 2008

हङकङका नेपाली साहित्यकार र सामाजिक कार्यकर्ताबीच फुटबल सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२ सेप्टेम्बर, हङकङ/ काउलनको प्रिन्स एडवार्डस्थित फुटबल मैदानमा हङकङमा रहेका नेपाली साहित्यकार तथा सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल
सम्पन्न भयो । साँझ ६ बजेदेखि सुरु हुने भनिए तापनि आधाघण्टा ढिलो सुरु भएको खेलमा शुन्यको विरुद्ध ५ गोल गरेर सामाजिक कार्यकर्ताहरूको टिमले उक्त खेल जितेको थियो । याक एण्ड यति रेष्टुरेण्ट जोर्डनको आयोजनामा सम्पन्न उक्त खेल अति सौहार्दपूर्ण र रोमान्चकारी भएको थियो । हङकङको व्यस्त जीवनबाट केही समय बचाएर लेखन, चिन्तन र अन्य अधारभूत क्रियाकलापमा आफूलाई समर्पित गर्ने साहित्यकारहरु बिनापूर्व तयारी रातो जर्सि र रातै कट्टु लगाएर एकैचोटि खेल मैदानमा उत्रेका थिए भने नीलो जर्सि र निलै कट्टु लगाएर उत्सुक्ताका साथ सामाजिक कार्यकर्ताहरू पनि मैदानमा प्रवेश गरेका थिए । साहित्यकार तर्फबाट हाङयुग अज्ञात-(लकिपर), दिनेश सुब्बा, प्रदिप कन्दङवा (कप्तान), के आर वाहिङ-गोलकिपर), कमल पौडेल, चन्द्र मादेन(उपकप्तान), नागेन्द्र श्रेष्ठ, जे बी र्राई, दिल पालुङ्वा, बिमल र्राई, डि बि पालुङ्वा लगायत अरु खेलाडिहरु मैदानमा उत्रेका थिए भने वैकल्पिक खेलाडिका रुपमा अशोक र्राई, नरेश सुनुवार र हरि बहादुर लावती थिए । त्यस्तै सामाजिक कार्यकर्ताको तर्फाट टिम कप्तान भूपेन्द्र चेम्जोङ, जीवन मेयाङबो, दिल प्रसाद चोङवाङ, इन्द्र वनेम, आइत सिं लिम्बु, प्रेम चोङवाङ, राज कुमार फोम्बो-ए, राज कुमार फोम्बो-बि, नारद र्राई, गजेन र्राई, अविचन्द्र इङनाम, दिल याक्सो, सुरेस सुब्बा, ओमराज सम्बाहाम्फे, मोति चाम्लिङ, बुद्धिमान र्राई, कृष्ण लावती, कमल लिङ्देन, दिल फोम्वो हुनुहुन्थ्यो भने रेप्रिmमा कृष्ण लिम्बु हुनुहुन्थ्यो । करिब ४०-५० जनाको हाराहारीमा दर्शकहरु रहेको उक्त खेल अति रोचक थियो । दुवै टिमका खेलाडीहरूको खेल
कलालाई हेर्दा सामाजिक कार्यकर्ता तर्फा खेलाडीहरू प्रायः क्लबबाट खेलिरहने प्रोफेसन खेलाडी देखिन्थे, त्यसैले उनीहरूको तर्फाट अति आक्रमक खेल खेलिएको थियो भने साहित्यकारका तर्फाट अति शालिन र भद्रताका साथ रक्षात्मक र प्रतिकात्मक खेल खेलिएको थियो । खेल सुरु भएको २५ औं मिनेटमा समाजसेवीको तर्फाट ६ नम्वरका नारद र्राईले पहिलो गोल गर्नुको साथै उनले खेल अवधिभरीमा जम्मा ३ गरेका थिए भने आईत सिं लिम्बु र सुरेस सुब्बाले एक एक गोल गरेका थिए ।
साहित्यकार तर्फबाट नागेन्द्र श्रेष्ठ र प्रदिप कन्दङवाले निक्कै राम्रा खेल प्रदर्शन गरेका थिए भने गोलकिपरद्वय हाङयुग अज्ञात र के आर वाहिङले कयौं खतरनाक गोल बचाएका थिए । खेल निर्णय टोलीका अनुसार कवि हाङयुग अज्ञात र कथाकार के आर वाहिङलाई मेन आफ द म्याच घोषणा गरिएको थियो । उक्त खेल आयोजना गर्नुको उद्देश्य बारे जिज्ञासा राख्दा याक एण्ड एतीका प्रबन्धक प्रदिप कदङवा भन्नु हुन्छ शारीरिक तन्दुरुस्ती र एक आपसमा भातृत्वको विकास होस् भन्ने मूल उद्देश्य अनुसार खेल आयोजना गरिएको बताउनु भयो र यो प्रतियोगिता प्रत्येक ६ महिनामा निरन्तर आयोजना हुने कुराको पनि खुलासा गर्नुभयो ।

No comments: