News

Sep 5, 2008

प्रधानमन्त्री भदौ २९ गते नै भारत जाने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भदौ २९ गते नै भारत जाने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौ २९ गते गर्ने भनिएको भारत भ्रमणलाई उनको पार्टी माओवादीले समर्थन जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भदौ २० गते भएको माओवादी केन्द्रीय समितिको बैठक सकिएपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रीय सदस्य दिनानाथ शर्माले प्रधानमन्त्रीको भारत भ्रमण २९ गते नै हुने जानकारी दिए । 'भारत भ्रमण छोटो हुनेछ' शर्माले भने । बैठकमा सरकारले ल्याउनलागेको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको पनि शर्माले जानकारी दिए । नीति तथा कार्यक्रम दलहरुबीच बनेको सहमतिको आधारमा आउने पनि उनले उल्लेख गरे । सरकार निर्माण गर्नुअघि माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच सरकारको न्यूनतम कार्यक्रमलगायत दस्तावेजहरुमा सहमति भएको थियो । नीति तथा कार्यक्रम र बजेट जनमुखी हुने पनि शर्माले बताए ।

No comments: