News

Sep 6, 2008

मन्त्रिपरिषदले विभिन्न मन्त्रालयका केही सचिवहरुको हेरफेर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिपरिषदले विभिन्न मन्त्रालयका केही सचिवहरुको हेरफेर गरेको छ । आज शनिबार बिहान बसेको वैठकले सचिवहरुको विभिन्न मन्त्रालयमा सरुवा गरेको हो । जसअनुसार गृहसचिव उमेश मैनालीलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयका सचिव गोविन्द कुसुमलाई गृहमन्त्रालय लगिएको छ । यसैगरी कानुन मन्त्रालयमा डा. माधव पौडेल अनि दीपेन्द्रविक्रम थापालाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।मन्त्रिपरिषदको निर्णय अनुसार शान्ति मन्त्रालयमा कुलरत्न भुर्तेल अनि संस्कृति तथा राज्य पुनसंरचना मन्त्रालयमा अरविनदकुमार श्रेष्ठलाई सरुवा गरिएको छ । यसैगरी मन्त्रिपरिषद वैठकले सरकारी खर्च कटौती गर्दै मितव्ययिता कायम गर्नका लागि निर्देशिका जारी गर्ने भएको छ । विभिन्न ९२ बुँदा समेटिएको उक्त निर्देशिका आइतबार सार्वजनिक गरिने जानकारी सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभएको छ ।

No comments: