लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कलाकारहरुको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफ्ना समस्या अवगत गराएको छ । शनिबार बिहान बालुवाटारमा भेट गर्न गएका कलाकारको टोलीले प्रधानमन्त्रीलाई संगीत विकासमा ध्यान दिन आग्रह गरेका थिए । नेपाल सांस्कृतिक संघको टोलीले प्रधानमन्त्रीलाई भेटेर समस्या अवगत गराएको हो । त्यसअवसरमा प्रधानमन्त्री दाहालले संगीत र संस्कृतिको प्रवर्दद्धनका साथै संगीत क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको थियो ।संगीत र संस्कृति आफ्नो पनि रुचि रहेको सुनाउँदै प्रधानमन्त्रीले संगीत, संस्कृति क्षेत्रको विकासका लागि आफू र वर्तमान सरकार सधैं तयार रहेको बताउनुभएको प्रतिनिधिमण्डलका सदस्यले जानकारी दिएका छन् । कलाकारहरुले प्रतिलिपि अधिकार ऐन कार्यान्वयन गर्न आग्रह गरेका थिए । संघकी अध्यक्ष कोमल ओलीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसित भेटवार्ता गरेको थियो । त्यस क्रममा बाढीपीडितका लागि कलाकारबाट संकलित एक लाख रुपैयाँ हस्तान्तरण गरिएको ओलीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment