News

Sep 8, 2008

मध्यपश्चिम क्षेत्रका १० जिल्ला खाद्य सुरक्षाका दृष्टिले अति प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका मध्यपश्चिम क्षेत्रका विभिन्न १० जिल्ला खाद्य सुरक्षाका दृष्टिले अति प्रभावित रहेको पाइएको छ । त्यस क्षेत्रमा विद्यमान खाद्य संकटबारे गरिएको एक अध्ययनले यस्तो तथ्य उजागर गरेको हो ।मानवअधिकार उच्चायुक्तको कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, नेपाल ग्रामीण पुननिर्माण लगायत संस्थाले गरेको स्थलगत अध्ययन प्रतिवेदनमा मध्यपश्चिमका पाँचबाहेकका जिल्लामा खाद्यसङ्कट देखिएको उल्लेख गरिएको छ ।प्रतिवेदनका अनुसार कालिकोट, हुम्ला, मुगु, डोल्पा, बाजुरा, अछाम, दैलेख, रुकुम र जाजरकोटमा खाद्यान्न संकट भएको पाइएको र खाद्यान्न अभावकै कारण घरसमेत छाड्नुपरेको, महिला, बालबालिका एवं दलित जनजातिको अवस्था अत्यन्त नाजुक रहेको छ ।सिँचाइको वैकल्पिक उपाय नरहेको, जथाभावीरूपमा रासायनिक मल प्रयोग गर्दा माटो बिग्रिएको र उत्पादन घटेको तथा यसले गर्दा उत्पादनले तीन महिनामात्र खाद्यान्न पुग्ने गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।पर्याप्त भण्डारण अभाव, हवाइ यातायात भरपर्दो नहुनु, खाद्य संस्थानले प्रभावकारीरूपमा खाद्यान्न आपूर्ति गर्न नसक्नु, यातायातमा सिण्डिकेट प्रणालीका कारण खाद्यान्न आपूर्तिको व्यवस्था हुन नसक्नुजस्ता कारणले खाद्यान्न सङ्कट उत्पन्न भएको पनि प्रतिवेदनमा खुलाइएको छ ।

No comments: