News

Sep 8, 2008

शिक्षामा उत्कृष्ठलाई राष्ट्रपतिद्वारा पदक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अन्तर्राष्ट्रिय साक्षरता एवं राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रपति डा. रामवरण यादवले स्वदेश तथा विदेशस्थित विभिन्न विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानबाट विद्यावारिधि गर्ने र विविध विषयमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने स्नातकोत्तर तथा स्नातक तहका विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसवर्ष विद्यावारिधि गर्ने १ सय १० जनालाई नेपाल विद्याभूषण 'क', स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने ६४ जनालाई 'ख', स्नातक तहमा सर्वोत्कृष्ट हुने २३ जनालाई 'ग' र छात्रातर्फ स्नातक तहमा प्रथम हुने २६ विद्यार्थीलाई नेपाल छात्रा विद्यापदक प्रदान गरिएको हो । त्यसअवसरमा राष्ट्रपति डा. यादवले मुलुकमा विद्यमान असहज परिस्थितिबीच राष्ट्रिय एकता, समानता र सहिष्णुता भावनालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । मुलुकको आर्थिक, सामाजिक तथा साँस्कृतिक पक्षको संरक्षण र सम्वर्द्धन गर्ने काममा प्राज्ञिक वर्गको महत्वपूर्ण भूमिका रहने उहाँले उल्लेख गर्नुभयो ।'लोकतान्त्रिक गणतन्त्र नेपालको आधार, शिक्षा सबैको मौलिक अधिकार' भन्ने नाराका साथ सोमबार देशभर अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवस मनाइँदैछ । यस अवसरमा शैक्षिक संस्था एवं सम्बन्धित अन्य संस्थाहरुले विविध कार्यक्रम आयोजना गरेका छन् ।

No comments: