News

Sep 7, 2008

परिवर्तनको प्रक्रियालाई आत्मासाथ गरेर काम गर्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निजामति कर्मचारीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनको प्रक्रियालाई आत्मासाथ गरेर काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनको प्रक्रियालाई आत्मासाथ गर्नु नै मुलुकको अहिले चुनौती भएकाले त्यही अनुसार काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । निजामति कर्मचारी दिवसको अवशरमा भदौ २२ गते प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले संक्रमणकालका निर्णय र कामको दिर्घकालिन अशर पर्ने कुरालाई पनि बुझेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । प्रधानमन्त्रीले भदौ २३ गते सरकारको नीति तथा कार्यक्रमले अन्तिम रुप पाउने पनि कार्यक्रममा जानकारी दिए । सरकारकातर्फबाट राष्ट्रपति डा. रामवरण यादवले भदौ २५ गते संसद बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
कार्यक्रममा प्रधानमन्त्रीले विगतका सरकारको पालामा जस्तो यो सरकारको पालोमा बिसंगतिहरु नदोहोरिने दावी गरे । जनआकंक्षाबिपरित काम गर्नेहरुमाथी कठोर कदम चाल्न माओवादी नेतृत्वको वर्तमान संयुक्त सरकार स्वतन्त्र रहेको पनि कार्यक्रममा प्रधानमन्त्रीले उल्लेख गरे ।
कार्यक्रममा प्रधानमन्त्रीले उत्कृष्ठ काम गर्ने पाँच जना निजामति कर्मचारीलाई उत्कृष्ठ पुरस्कार तथा १५ जना निजामति कर्मचारीलाई निजामति पुरस्कार वितरण गरे । प्रत्येक उत्कृष्ठलाई एक लाख रुपैयाँ तथा प्रत्येक निजामति पुरस्कार पाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइएको थियो ।

No comments: