News

Sep 9, 2008

'गाउँलाई केन्द्रित गरी नयाँ बजेट आउनेछ' - अर्थमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. बाबुराम भट्टराइले गाउँलाई केन्द्रित गरेर नयाँ बजेट बनाउने कम भइरहेको बताउनुभएको छ । यसै साता बजेट घोषणाको अन्तिम तयारी भइरहेको जनाउँदै उहाँले राज्यको ढुकुटी सानो भएकाले सबैको चित्त बुझ्ने गरी बजेट विनीयोजन गर्न भने कठिन भएको बताउनुभयो । गोरखा जिल्लाको एक गाउँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।अर्थमन्त्री भट्टराइले जनताले चाहेजति र सोंचेजति अहिले जनताको पक्षमा बजेट विनियोजन गर्न नसकिने तर बजेटको प्रतिफल गाउँसम्म पुर्‍याउने सोच र लक्ष्य राखिएको र गाउँका प्रत्येक घरले नयाँ सरकारले ल्याउने बजेटको प्रतिफल पाउने गरी बजेट ल्याउन लागेको खुलासा पनि गर्नुभयो ।गोरखाको गाँखु गाविसमा आयोजित माओवादीका केन्द्रीय सदस्य स्व. सुरेश वाग्ले तथा सेक्सन कमाण्डर स्व. भीमसेन पोरखेलको नवौं स्मृति सभामा बोल्दै उहाँले सत्ता अझै पनि जनताको हातमा नआइसकेको समेत बताउनुभयो ।किसान, महिला, दलित र समाजबाट अपहेलित वर्गलाई राहत एवं सुविधा दिन सक्ने गरी बजेटमा सम्बोधन गरिने जनाउँदै उहाँले गाउँमै रोजगार उपलव्ध हुने खालका विकास निर्माण तथा ग्रामीण उद्योगहरूको स्थापना र ठूला उद्योग एवं कलकारखानाहरूको स्थापनाका लागि पनि बजेट विनियोजनमा विशेष प्राथमिकता दिइने बताउनुभयो ।

No comments: