News

Sep 8, 2008

डा. भट्टराइलाई गोर्खा नेपलिज कम्युनिटीद्धारा स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,वेलायत
गत ६ सेप्टेम्बरका दिन वेलायतको केन्टमा नेपालबाट वेलायत घुम्न आउनु भएका बरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराइलाई गोर्खा नेपलिज
कम्युनिटी, फक्स्टोनले भब्य स्वागत गर्‍यो । फक्स्टोन काउन्सिलर धन गुरुङको सक्रियतामा केन्टका नेपाली उद्योग ब्यवसायीको उपस्थितीले डा. भट्टराइलाई फूल, ढाकाटोपि र खादा ओढाइ स्वागत गर्‍यो । स्वागत कार्यक्रममा नेपलिज गोर्खा कम्युनिटीका अध्यक्ष गोपाल गिरीले वेलायतमा रहेका नेपालीहरुको प्रगति र उपलब्धिका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै गरि पशुपति भण्डारी, किसोर सापकोटा, देवेन्द्र खेरेस लगायतले बोल्नुभएको थियो ।घरदेश बाहिर रहेका नेपाली स्रष्टा र सिर्जनाहरुको अध्ययन र अंग्रेजी साहित्यकारहरुको जन्मठाँउको
स्थलगत भ्रमणको लागि वेलायत आउनु भएका डा. भट्टराइले आधुनिक विकास र परिवर्तनले अब विश्व नै एक देश भएको बताउनु भयो । वहाले सात समुन्द्रपारी रहेका नेपालीहरुको लागि देशको सिमाना भन्दा भावनात्मक सिमानाको बढि महत्व रहेको चर्चा गर्नुभयो । मातृभूमिका लागि वेलायतमै रहेर पनि योगदान दिन सकिने भएकोले भावनात्मक रुपले देशभन्दा टाढारहेको महशुस नर्गन आग्रह
गर्नुभयो । त्रिभुवन विश्वविद्यालय किर्तिपुर संग सम्बन्धित प्रोफेसर डा. भट्टराइले अबको नेपालको पाठ्यक्रममा डायस्पोरामा रहेका नेपालीहरुले गरेको साहित्य,
संस्कृति र योगदानबारे पनि अध्ययन हुनुपर्ने आवश्यकता औल्याउनु भयो । कार्यक्रमको अन्त्यमा काउन्सिलर गुरुङले वेलायतवासी नेपालीहरुको सन्देश नेपाल र नेपाली साहित्यमा पुर्‍याइदिन आग्रह गर्दै डा. भट्टराइको भ्रमणले वेलायतवासी नेपालीहरुलाई खुसि बनाएको कुरा ब्यक्त गर्नुभयो ।

No comments: