News

Sep 9, 2008

सरकारको कार्यक्रम बुधबार राष्ट्रपतिले प्रस्तुत गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा. रामवरण यादवबाट भोलि बुधबार व्यवस्थापिका-संसदसमक्ष नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । यसका लागि तयारी पूरा भएको जनाइएको छ । राष्ट्रपतिले त्यस अवसरमा संसदमा सम्बोधन समेत गर्नु हुने भएको छ ।समारोहमा सहभागी हुनका लागि राष्ट्रपति राजकीय सम्मानका साथ राष्ट्रपति निवासबाट संविधानसभा भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रस्थान गर्ने, व्यवस्थापिका-संसद बैठक कक्ष प्रवेशलगायत बैठकको कारबाहीको प्रारम्भ, समापन र फिर्तीसमेतका विविध विषयमा तयारी गरिसकिएको जनाइएको छ ।यसैबीच, मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०६५-६६ को सरकारको नीति तथा कार्यक्रमलाई अनुमोदन गरेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोका अनुसार नीति तथा कार्यक्रममा सत्तारुढ दलबाट प्राप्त भएका सुझावलाई समेत समेटेर अनुमोदन गरिएको छ ।

No comments: