News

Sep 10, 2008

गोरखा भर्तीको सम्बन्धमा सरकारको स्पष्ट धारणा माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल भूतपूर्व सैनिक सङ्घले गोरखा भर्तीको सम्बन्धमा सरकारको स्पष्ट धारणा माग गरेको छ । माओवादीको चुनावी प्रतिबद्धता पत्रमा गोरखा भर्ती जस्तो लज्जास्पद परम्पराको अन्त्य गर्ने बुँदा समेटिएको प्रति सङ्घले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सरकारको स्पष्ट नीति सार्वजनिक हुनुपर्ने माग गरेको हो । विदेशी सेनामा हाल पाइरहेको रोजगारी सरह नेपालमा रोजगारीको अवस्था सिर्जना नहुँदासम्म गोरखा भर्ती केन्द्र बन्द नगर्न सङ्घले सरकारसँग आग्रह गरेको छ । गोरखा भर्तीको सम्बन्धमा सङ्घले आयोजना गरेको कार्यक्रममा महासचिव नारायणप्रसाद कोइरालाले वैकल्पिक रोजगारीको व्यवस्था नहुँदासम्म गोरखा भर्ती बन्द गर्ने कुरा कल्पना समेत गर्न नसकिने बताउनुभयो ।

No comments: