News

Sep 12, 2008

मृत्युदण्ड सुनाइएकी डोल्मालाई अदालतमा उपस्थित गराइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हत्या आरोपमा मृत्युदण्ड सुनाइएकी नेपाली युवती डोल्मा शेर्पालाई आगामी अक्टोबर महिनाको पहिलो साता अदालतमा उपस्थित गराइने भएको छ । एक फिलिपिनी युवतीको हत्याको आरोप लागेकी सिन्धुपाल्चोककी डोल्मालाई उपस्थित गराउन कुबेतको पुनरावेदन अदालतले आदेश दिएको हो ।उक्त अभियोगमा त्यहाँको प्रारम्भिक अदालतले उनलाई मृत्युदण्ड सुनाएको थियो । त्यसै सन्दर्भमा उनलाई उपस्थित गराउनका लागि अक्टोबर ७ तारिखको पेसी रहेको जनाइएको छ । डोल्माको जीवनरक्षाका लागि स्वदेश तथा विदेशका नेपालीहरुको सहयोग गरेका थिए । उनलाई हत्याको आरोप लागेका परिवारलाई क्षतिपूर्ति दिनका लागि नेपाल सरकारले १० हजार डलर मृतकका परिवारलाई दिइने निधो भइसकेको छ ।

No comments: