News

Sep 12, 2008

भक्तपुरबाट प्राचीन मूर्ति चोरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुरबाट नेपालको सबैभन्दा ठूलो शिवलिङ्ग वरिपरि रहेको प्राचीन मूर्ति चोरी भएको छ । भक्तपुरको हनुमानघाटमा रहेको भूपतिन्द्र मल्लका पालाको प्राचीन महाकालीको मूर्ति चोरी भएको हो । ऐतिहासिक महत्वका मूर्ति चोरिन थालेपछि चिन्ता व्यक्त गरिएको छ ।चोरी भएको उक्त मूर्ति नेपाल सम्बत् ८३२ मा स्थापना भएको हनुमानघाट सेवा समितिका पदाधिकारीले सञ्चारकर्मीलाई बताएका छन् । उनीहरुका अनुसार शिवलिङ्ग वरिपरि रहेको प्राचीन कलात्मक १२ वटा मूर्ति चोरी भइसकेको छ । चोरी बढे पनि प्रहरीले चासो नदिएको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।

No comments: