News

Sep 13, 2008

खोटाङ युवा जागृतिद्वारा मृतकका परिवारलाई सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतारमा कार्यरत अवस्थामा मृत्युवरण गर्न पुगेका खोटाङ्ग दिक्तेलका रामकुमार पुरीको परिवारलाई संस्थाले एक लाख रुपैयाँ सहयोग गरेको छ। खोटाङ्ग युवा जागृति सेवा समाजका कोषाध्यक्ष टंक भुजेलका अनुसार सो रकम नेपालमा रहेका मृतकका श्रीमती गंगामाया पुरी तथा छोराहरु प्रकाश पुरी र लक्ष्मण पुरीको नाम रहेको नेपाल राष्ट्र वैंकको खाता नं.१३६६७ मा पठाईएको छ। दोहामा कार्यरत विभिन्न संघ संस्था तथा व्यक्तिहरुको पहलमा रकम संकलन गरिएको थियो । जस्मा किरात राई यायोक्खा शाखा कतार, आप्रवासी तामाङ समाज कतार, तमु वौद्ध सेवा समिति, उदयपुर प्रवासी सेवा समाज कतार, खोटाङ आदर्श सेवा समाज लगायतका संघ संस्था तथा व्यक्तिहरुको अहम भूमिका रहेका थिए।
त्यसै गरी, कतारमा नै मृत्यु भएका खोटाङ विजय खर्कका विष्णु कार्कीको परिवारलाई सहयोग गर्न रकम संकलन गरिदै छ। केही दिन भित्रमा नै उक्त रकम पनि संवन्धित व्यक्तिको खातामा पठाउनु पर्ने भएकाले रकम संकलन गर्न लगिएको फर्महरु यथासक्दो चाँडो संस्थामा हस्तान्तरण गरी दिनु हुनको लागि संस्थाले अनुरोध गरेको छ। साथै रकम संकलन गर्न सहयोग गर्नुहुने सवै संघ संस्था तथा व्यक्तिहरुलाई संस्थाले धन्यावाद ज्ञापन गरेको गरेको छ। त्यसैगरी सोही संस्थाले संस्था सञ्चालनको लागि राई रमेश गाँउलेको संयोजकत्वमा नौ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। संस्थाका अन्य सदस्यहरुमा दिनेश थापा, इन्द्र राई, अर्जुन वस्नेत, केदार वांनिया, जनक वाम्वुले राई, लक्ष्मी ढकाल, टंक पराजुली र दुर्वासा गेलाल रहनु भएको छ।

No comments: