News

Sep 13, 2008

टाइगर्स वार्तामा बस्न तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराईमा सशस्त्र सङ्घर्ष गरिरहेको मधेस मुक्ति टाइगर्सले सरकार विश्वसनीय वातावरण तयारी गरी इमान्दारीपूर्वक प्रस्तुत भए आफूहरु वार्तामा बस्न तयार रहेको जनाएको छ ।टाइगर्सका केन्द्रीय संयोजक राजनले आज एक विज्ञप्ति जारी गरी वार्तामा बस्न आफ्नो सङ्गठन तयार रहेको जनाउनुभएको छ ।
विगतमा वार्ताका लागि सरकारले न्यायोचित वातावरण सिर्जना गर्ननसकेको बताउँदै विज्ञप्तिमा र्सार्थक वार्ताका लागि सरकार प्रतिबद्ध भए वार्ताको आह्वान स्वागतयोग्य ठहरिने उल्लेख छ ।राष्ट्रपति डा.रामवरण यादवले तराईमा सशस्त्र समूहसँग सरकारले आवश्यक वातावरण बनाई वार्ता गर्ने बिहीबार दिनुभएको अभिव्यक्तिको २४ घन्टा नबित्दै टाइगर्सले राष्ट्रपतिको आह्वानलाई सकारात्मक भन्दै वार्तामा बस्न तयार रहेको जनाएको हो । माओवादी नेतृत्वको सरकारले प्रस्तुत गरेको वाषिर्क नीति तथा कार्यक्रममा मधेसलाई उपेक्षा गरिएको आरोप विज्ञप्तिमा लगाइएको छ ।

No comments: