News

Sep 5, 2008

शुक्रबारबाट संविधानसभाको बैठक शुरू हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका-संसद्को हैसियतमा शुक्रबारबाट संविधानसभाको बैठक शुरू हुने भएको छ। माओवादी नेतृत्वमा सरकारले पूणाता पाएपछि शुरू हुन लागेको यो बैठकमा सरकारले वाषिर्क नीति तथा कार्यक्रम र चालू आर्थिक वर्षो बजेट पेस गर्ने भएको छ। संविधानसभाको बैठक सभाध्यक्षले आवश्यक ठानेको समयमा बस्ने भए पनि व्यवस्थापिका-संसद्को बैठक सरकारी कामको आधारमा बस्छ र सभामुखको सल्लाह र प्रधानमन्त्रीको सिफारिसमा यो बैठक आ³वान वा अन्त्य हुन सक्छ।अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले गणतान्त्रिक नेपालको पहिलो बजेट पेस गर्न लाग्नुभएको छ। सरकारले तयार गरेको सरकारको नीति तथा कार्यक्रम भने राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका-संसद्मा पढ्नु हुनेछ।

No comments: