News

Sep 15, 2008

कोसी विस्थापितहरूलाई सार्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसीको बाढीले विस्थापित बनेकाहरुलाई अस्थायी शिविरहरुमा सार्न थालिएको छ । सुनसरी प्रशासन कार्यालयका अनुसार सदरमुकाम आसपास क्षेत्रमा बनाइएका थप शिविरहरुमा विस्थापितहरुलाई सार्न थालिएको हो ।कोसी नदी पसेर सुनसरीका आधा दर्जन गाविस जलमग्न भएपछि हजारौं विस्थापित भएका थिए । विस्थापितहरूलाई हाल सदरमुकाम इनरुवा आसपासका क्याम्पस, विद्यालय र मदरसामा अस्थायी शिविर स्थापना गरेर राखिएको छ ।कोसी नदीको बाढीले ती चार गाविसलाई पूरै डुबानमा पारेपछि पीडितहरूलाई लामो समयसम्म शिविरमा राख्नुपर्ने भएकाले स्थानीय प्रशासनले विस्थापितहरूलाई राख्न स्थायी शिविर थालिएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले विस्थापितलाई राख्न निर्माण भइसकेका घरहरूमा विस्थापितलाई सार्न सुरु गरिएको जानकारी दिनुभयो ।

No comments: