News

Sep 15, 2008

युथ फोर्सका कार्यकर्ताको खुकुरीबाट माओवादी एक मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले निकटको युथ फोर्सका कार्यकर्ताको खुकुरी प्रहारबाट पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा माओवादीका एक कार्यकर्ताको मृत्यु भएको छ । ताप्लेजुङको ढुंगेसाघु गाविसमा भएको दुइ समूहबीच विवादपछि झडप भएको थियो । सोही क्रममा खुकुरी प्रहारबाट माओवादीका स्थानीय नेता ४८ वर्षीय लक्ष्मी बेनमको ज्यान गएको हो ।घटनाबारे जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयबाट टोली अनुसन्धानका लागि खटाइएको जनाइएको छ । केही दिनअघि माओवादी कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेको घटनापछि यो घटना भएको हो । माओवादीले नियोजित रुपमा एमाले कार्यकर्ताले हत्या गरेको आरोप लगाएको छ । घटनापछि उक्त क्षेत्र तनावग्रस्त भएको छ ।

No comments: