News

Sep 13, 2008

प्रचण्डले पहिलोपटक सैनिक अधिकारीहरुबाट औपचारिक जानकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारको नेतृत्व गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक सैनिक अधिकारीहरुबाट सेनाका सम्बन्धमा औपचारिक जानकारी लिनुभएको छ । सैनिक मुख्यालयमा पुगेर शुक्रबार बेलुका प्रधानमन्त्री सहितको टोलीले जानकारी लिएको हो । प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री बाबुराम भट्टराइ, रक्षामन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री उपेन्द्र यादव सहभागी थिए ।सेनाको निमन्त्रणमा प्रधानमन्त्री सहितको टोली पुगेर जानकारी लिएको हो । त्यसक्रममा सेनाका विभिन्न फाँट सम्हालेका अधिकृतहरुले आफ्नो कार्यक्षत्रेबारे जानकारी गराएको बताइएको छ । त्यस अवसरमा प्रधानसेनापति रुक्मांगद कटवाल सहित अधिकारीहरु उपस्थित थिए ।

No comments: