News

Sep 5, 2008

सप्तकोसी नदीको बाढीबाट प्रभावितलाई परिचयपत्र वितरण सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी नदीको बाढीबाट प्रभावित सुनसरीका विस्थापित परिवारलाई स्थायी शिविरमा व्यवस्थित गर्नका लागि सुनसरी प्रशासनले परिचयपत्र वितरण सुरु
गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले विस्थापित परिवारलाई अन्यत्र व्यवस्था गरिएको शिविरमा स्थानान्तरण गर्नुअघि परिचयपत्र वितरण गरी सक्ने जानकारी दिनुभयो ।प्रजिअ भण्डारीका अनुसार जल्पापुर, भोक्राहा, मधुवन र लौकही क्षेत्रमा राखिएका विस्थापित परिवारलाई परिचय-पत्र उपलब्ध गराउन थालिएको छ । विस्थापित परिवारको लगत अनुसार परिचयपत्र वितरण गर्ने काम सकिनासाथ नेपाल रेडक्रस सोसाइटीले रासन कार्ड वितरण गर्ने बताइएको छ ।स्थानीय प्रशासनको तथ्याङ्क अनुसार शिविरमा २७ हजार सुनसरीका तथा भारतको विभिन्न स्थानबाट आएका चार हजार विस्थापित रहेका छन् ।

No comments: