News

Sep 5, 2008

असमान सन्धिहरुबारे प्रभावकारी कुरा राख्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ दल नेकपा माओवादीका केन्द्रिय सदस्यहरुले भारतसँग विगत विभिन्न समयमा भएका असमान सन्धि र सम्झौताहरुबारे प्रभावकारी रुपमा कुरा उठाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरेका छन् । उक्त पार्टीको केन्द्रिय समिति वैठकमा नेताहरुले शुक्रबार यस्तो आग्रह गरेका हुन् ।प्रधानमन्त्रीले आगामी भदौ २९ गतेदेखि भारतको भ्रमण गर्दै हुनुहुन्छ । माओवादी केन्द्रिय नेताहरुले भ्रमणका क्रममा विगतमा भएका असमान सन्धि सम्झौताहरु पुनर्विचार गर्नका लागि भारतीय पक्षसित कुरा राख्न आग्रह गरेका हुन् । कोसी सम्झौता लगायत विभिन्न सम्झौताहरुमा नेपाललाई नोक्सानी हुने खालका प्रावधानहरु राखिएको भन्दै विरोध हुने गरेको छ । हालैमात्र कोसीको तटबन्ध फुटेको कारण पनि भारतीय पक्षको गैरजिम्मेवारीपन भएको चर्चा छ ।

No comments: