News

Sep 16, 2008

रात्रि रेस्टुरेन्ट व्यवसायीद्वारा आन्दोलनको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीमा राति सञ्चालन हुँदै आएका होटल तथा रेस्टुरेन्टलाई व्यवस्थित एवं मर्यादित रूपमा सञ्चालन गरिनुपर्ने माग गर्दै नेपाल रात्रि उद्योग व्यवसायी संघले
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमलाई ज्ञापनपत्र बुझाएको छ । त्यस्ता व्यवसाय विकृतिउन्मुख भएको भन्दै गृहमन्त्रीको निर्देशनमा प्रहरीले कडाइ गरी नियन्त्रण गर्ने अभियान थालेपछि उनीहरुले यस्तो माग गरेका हुन् ।शान्तिसुरक्षामा प्रतिकूल असर पुगेको र अश्लिल प्रकारका नृत्य प्रदर्शन गरी समाजमा अराजकता बढाएको ठहर गर्दै सरकारले निश्चित समयभित्र मात्र सञ्चालन गर्न पाउने गरी केही होटल तथा रेस्टुरेन्टमा हस्तक्षेप गरेपछि यसको विरोधमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएलगत्तै माइतीघर मण्डलमा आयोजित कोणसभामा नेपाली रात्री उद्योग व्यवसायी संघ तदर्थ समिति अध्यक्ष समीर गुरु­ङले सरकारले तीन दिनभित्र होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूका माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिए ।नेपालमा होटेल तथा रेस्टुरेन्ट सञ्चालन हँदै आएको करिब ५० वर्ष नाघेको र विगत केही वर्षदेखि माओवादीको सशस्त्र द्वन्द्वबाट बिथोलिएको व्यवसायले गति लिन थालेको केही समयमात्र भएको बताइएको छ । उपत्यकामा मात्र करिब दुइ हजारभन्दा बढी होटल तथा रेस्टुरेन्ट रहेका छन् । ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको उक्त व्यवसाय बन्द भएमा ८० हजार कामदार बेरोजगार हुने पनि बताइएको छ ।

No comments: