News

Sep 16, 2008

प्रधानमन्त्री दाहाल र सोनिया गान्धीबीच भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाँच दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार भारतीय सत्तारुढ दल काङ्ग्रेस आइकी अध्यक्ष
सोनिया गान्धीसँग भेटवार्ता गर्नुभएको छ । नयाँ दिल्लीको मौलाना आजाद रोडस्थित कांग्रेस आइको केन्द्रीय कार्यालयमा भएको भेटघाटमा भारतीय कांग्रेस आइका अन्य नेता तथा नेपाली प्रतिनिधिमण्डलका मन्त्रीहरूको सहभागिता थियो ।पैँतीस मिनेटसम्म भएको भेटघाटमा नेपालको पछिल्लो राजनीतिक विकासक्रम र शान्तिप्रक्रियाबारे प्रगतिका विषयमा कुराकानी भएको बताइएको छ । यसैगरी प्रधानमन्त्री दाहालले भारतका उपराष्ट्रपति डा.हमिद अन्सारीसँग शिष्टाचार भेट गर्नुभयो ।उक्त भेटमा प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी सीता दाहाल, नेपाली प्रतिनिधिमण्डलमा संलग्न मन्त्री तथा पदाधिकारीहरूको पनि उपस्थिति थियो । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग राजनीतिक भेटघाट गर्नुभएको थियो ।

No comments: