News

Sep 15, 2008

अनलाइन नेपाली साहित्य मंचको - प्रेस विज्ञप्ति

अनलाइन नेपाली साहित्य मंच
Online Nepalese Literature Forum
www.sahityaGhar.com स्था २०६२
साहित्यिक सष्टा तथा शुभचिन्तक ज्यू,
यस अनलाइन नेपाली साहित्य मंच मार्फत स्थापित मिलन देवान स्मृति साहित्य पुरस्कार २०६५ घोषणाको लागि अन्तिम तयारी भइरहेको छ। देशविदेशमा रहनु भएका स्रष्टाहरुको नामलिने क्रम जारी रहेको छ। प्राप्त स्रष्टाहरुको नामावली मध्ये उचित ठहरिएका १० जनाको नाम मध्ये भोटिङ प्रकृयाबाट १ जनालाई छनौट गरिनेछ। स्रष्टा स्वयं वा कसैले पुरस्कृत हुन योग्य ब्यक्तिको नाम सिफारिस गरिदिनुहुन अनुरोध गर्दछौ। तपाइले सिफारिस गर्नुभएको स्रष्टाले नेपाली साहित्यमा केकस्तो योगदान पुर्‍याएको हो उल्लेख गर्नुपर्नेछ। मातृभाषाका स्रष्टा र सिर्जनालाई पनि समान मान्यता हुनेछ। प्राप्त स्रष्टाहरुको नाम गोप्य राखिनेछ। यस मंचका सदस्यहरुले मात्र गोप्य मतदान गर्न पाउनेछन्। यस पुरस्कारको रकम रु १० हजार रुपैया र प्रमाण पत्र रहेको छ। यो पुरस्कार प्रत्यक बर्ष प्रदान गर्ने प्रावधान रहेको छ। पुरस्कार छुट्टै एक कार्यक्रम गरि प्रदान गरिने छ। आफूलाई योग्य लागेको स्रष्टाको नाम हामीलाई पठाउनुहोस। सिफारिस गर्दा स्रष्टाको नाम, ठेगाना, उमेर, लिङ, विधा, इमेल, फोन, कृतिहरु, योगदान, सिफरिस कर्ताको नाम, सिफरिस कर्ताको पूर्ण सम्पर्क ठेगाना उल्लेख गर्नुपर्नेछ। सिफारिस यहि हप्ता अर्थात असोज पहिलो हप्ता भित्र प्राप्त भइसक्नु पर्नेछ। जय नेपाली साहित्य
अनलाइन नेपाली साहित्य मंच वेलायत

No comments: