News

Sep 15, 2008

प्रधानमन्त्री दाहालद्वारा भारतीय राष्ट्रपतिसँग भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
छिमेकी राष्ट्र भारतको पाँचदिने औपचारिक भ्रमणका सिलसीलामा भारतको राजधानी नयाँदिल्लीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय राष्ट्रपति प्रतिभा पाटेलबीच आज सोमबार भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भेटवार्ता भएको हो । भेटका अवसरमा दुइपक्षीय हितका बिषयमा छलफल भएको बताइएको छ ।प्रधानमन्त्री दाहालले आजै भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग भेटवार्ता गर्ने जनाइएको छ । प्रधानमन्त्री दाहाल र समकक्षी सिंहवीच हैदारावाद हाउसमा साँझ ६ बजेपछि भेटघाट हुने कार्यक्रम रहेको छ । भ्रमणको दोस्रो दिन बिहानैबाट भेटघाटमा व्यस्त हुनुभएका प्रधानमन्त्री दहालले बिहान भारतीय विदेशमन्त्री प्रणव मुखर्जी र विपक्षी नेता लालकुष्ण आडवानीसँग भेटवार्ता गर्नुभएको थियो ।आडवानीले गणतन्त्रको स्वागत गर्दै बधाइ दिएको बताइएको छ । प्रधानमन्त्री दाहाल बस्नुभएको होटल ताजमा विदेशमन्त्री मुखर्जीसँग भएको भेटमा बाँध र बाढीले पुर्‍याएको क्षति, तथा अन्य दुइपक्षीय सम्बन्धबारे छलफल भएको जनाएको छ । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै विदेशमन्त्री मुखर्जीले सन् १९५० को सन्धि पुनरावलोकनबारे कुरा गर्न पनि भारत तयार रहेको बताउनुभएको समाचार एजेन्सीहरुले जनाएका छन् ।भेटमा पररष्टमन्त्री उपेन्द्र यादव, भारतका लागि नेपाली राजदुत दुर्गेशमान सिंहलगायत उपस्थित हुनुहुन्थ्यो । यस्तै प्रधानमन्त्री दाहालले आजै भारतीय विपक्षी नेता लालकृष्ण आडवाणीसँग पनि भेटघाट गर्नुभएको छ ।

No comments: