News

Sep 17, 2008

सिपी गजुरेल युरोपको १५ दिने सद्भावना भ्रमणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीका विदेश विभाग प्रमुख सिपी गजुरेल युरोपको १५ दिने सद्भावना भ्रमणका क्रममा मंगलबार संयुक्त अधिराज्यतर्फ प्रस्थान गर्नुभएको छ । विदेश प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण ऐतिहासिक र उपलब्धिमूलक रहेको बताउनुभयो ।भारत भ्रमणका क्रममा विगतका सरकारबाट हुने गरेका सन्धिसम्झौताले मुलुकलाई नकारात्मक प्रभाव पारेको भन्ने जनगुनासोलाई सम्मान गर्दै अहिले राष्ट्रिय सहमतिबेगर कुनै पनि सन्धिसम्झौता हुँदैन भन्नुभयो । युरोपका छ देशका लागि भएको सो सद्भावना भ्रमणमा पार्टी विदेश विभाग सदस्य धर्मेन्द्र बास्तोला पनि सहभागी हुनुहुन्छ ।

No comments: