News

Sep 16, 2008

राष्ट्रध्यक्ष र सभाध्यक्ष समक्ष लिम्बुवान मोर्चाको ज्ञापन पत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /डीबी अङ्बुङ लिम्बू
१६ सेप्टेम्बर, २००८ काठमाडौं अब बन्ने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जातीय ऐतिहासिक प्रिष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको
लिम्बुवान स्वायत्त राज्यको मागसहित सोको स्थापनाका लागि बनेको विभिन्न दल सम्मिलित संयुक्त लिम्बुवान मोर्चा नेपालले सेप्टेम्बर १६ मा राष्ट्रध्यक्ष यादव र सभाध्यक्ष नेम्बाङसमक्ष एक् ज्ञापन पत्र बुझाएको छ ।लिम्बुवानको ऐतिहासिक प्रिष्ठभूमिसहित विभिन्न ८ बुँदे माग रहेको सो ज्ञापन पत्रमा संविधानसभामार्फत जातीय ऐतिहासिक प्रिष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्यको स्थापना, नेपाल सरकारले लिम्बुवानसमबन्धी गरेका सहमतिको कार्यान्वयन, ILO १६९ को कार्यान्वयन र आदिवासी जनजातिहरूको अधिकारसम्बन्धी संयुक्त्त राष्ट्र संघीय घोषणा पत्रको लागू गरिनु पर्ने लगायतका मागहरू रहेका छन । साथै, सरकारद्वारा सो मागहरूको सम्बोधन नगरिएमा मोर्चा चरणवद्ध आन्दोलनमा उत्रनसमेत वाध्य
हुने कुरा उल्लेख गरिएको छ ।मंगलबार बिहान राष्ट्रध्यक्ष डा रामबरण यादवले ज्ञापनपत्र बुझ्दै देशको अखण्डतालाई कायम राख्दै आत्मनिर्णयको अधिकारबाहेकका मागहरुचाँहि पूरा हुनसक्ने आश्वासन दिनु भयो । त्यसैगरी, सोही दिन दिउँसो मोर्चाको ज्ञापनपत्र बुझ्दै सभाध्यक्ष सुभाष नेम्बाङले सो कार्यको प्रसंसा गर्दै र मोर्चालाई बधाईसमेत दिंदै आफ्नोतर्फबाट मोर्चाका जायज मागहरूलाई पूरा गर्न गराउन सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त्त गर्नु भयो । यसरी नै मोर्चाले प्रधानमन्त्री प्रचण्ड र पच्चीसै वटा राजनीतिक दललाईसमेत सो ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ । ज्ञापन पत्र बुझाउने क्रममा लिम्बुवान मोर्चाका शीर्षष्थ नेता, कार्यकर्ता र महिलासमेतको उल्लेख्य उपस्थिति रहेको थियो ।

No comments: