.jpg)
बाढीपीडितका लागि खाद्यान्न र पुनस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले अस्ट्रेलियाली सरकारले १० लाख अस्ट्रेलियाली डलर -करिब ६ करोड नेपाली रुपैयाँ बराबरको राहत सहयोग गर्ने भएको छ । यो जानकारी नेपालस्थित अस्ट्रेलियाली कार्यवाहक दूत एलिजावेथ मोरिसले दिनुभएको हो ।उक्त रकम अस्ट्रेलिया सरकारको नेपालस्थित सहायता संस्थामार्फत विश्व खाद्य कार्यक्रम र राष्ट्रसंघीय बालकोषका कार्यक्रममा समेत खर्च गरिनेछ । उक्त सहायता रकम अन्तर्राष्ट्रिय संस्थाबाट नेपालका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरिएपछि उपलब्ध गराइएको अस्ट्रेलियाका विदेशमन्त्री स्टेफेन स्मिथले जनाउनुभएको दूतावासले उल्लेख गरेको छ ।
No comments:
Post a Comment