News

Sep 4, 2008

विदेशिने नेपाली महिलाहरूको सङ्ख्या बढ्दो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महिलाहरूलाई पनि वैदेशिक रोजगारीमा जान सरकारले स्वीकृति प्रदान गरेपछि विदेशिने नेपाली महिलाहरूको सङ्ख्या बढ्दो छ । युनिफेम र निड्स नामक संस्थाले गरेको एक अध्ययन प्रतिवेदनका अनुसार करिब ७८ हजार नेपाली महिला वैदेशिक रोजगारीमा गएका छन् ।श्रम मन्त्रालयका अनुसार कानुनी तथा गैरकानुनी रूपमा करिब २० लाख नेपाली कामदार वैदेशिक रोजगारीका लागि तेस्रो मुलुकमा पुगेका छन् । यसरी जानेहरूमध्ये भारतीय बाटो भएर जानेहरूको सङ्ख्या धेरै छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको एक तथ्याङ्कका अनुसार हाल नौ लाख ६३ हजार ७०८ नेपाली वैदेशिक रोजगारमा भारत बाहेकका देशमा गएका छन् । यसरी विदेशी नेपालीहरूबाट नेपालले आर्थिक फाइदा पनि पाउदै आएको छ ।सन् २००७ मा वैदेशिक रोजगारबाट करिब रु एक खरब दुइ अर्ब ४० करोड व्रि्रेषण औपचारिक रूपमा नेपाल भित्रिएको विश्व बैङ्कको अनुमान छ । यस्तो व्रि्रेषणले नेपालको कूल गार्हस्थ्य उत्पादनको १८ प्रतिशत योगदान दिएको छ । यो व्रि्रेषणमा नेपाली महिलाहरूको योगदान करिब ११ प्रतिशत रहेको छ । द्धन्द्धले सङ्कटगस्त बनेको नेपाली अर्थतन्त्रको दशौंं योजनाको अवधिमा गरिबी करिब ११ प्रतिशतले घटेको छ ।आर्थिक विश्लेषणहरूका अनुसार विप्रेषणको कारणले यस अवधिमा गरिबी घट्न गएको हो । यस अवधिमा प्रति घरपरिवारले प्राप्त गर्न औसत विप्रेषण रु. १५ हजार १६० बाट बढेर ३४ हजार ६८८ पुगेको छ ।

No comments: