News

Sep 8, 2008

नयाँ मन्त्रालय खारेज गर्न तमलोपाको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तर्राई-मधेस लोकतान्त्रिक पार्टी राज्य पुर्नर्संरचना र संविधानसभा मन्त्रालयको गठनले संविधानसभाको क्षेत्राधिकारलाई कुण्ठित गर्न खोजेको जनाएको छ। सो पार्टी दुइदिने केन्द्रीय कमिटीको बैठकले वर्तमान सरकारले हठात संविधानसभाको क्षेत्राधिकारभित्र पर्ने ती दुइ मन्त्रालयको गठन गर्नुले संवैधानिक, राजनीतिक र नैतिक प्रश्न खडा गरेको निष्कर्षनिकाल्दै तत्काल ती मन्त्रालय खारेज गर्न माग गरेको छ। केन्द्रीय कमिटीको निर्णय गरे जानकारी गराउने उद्देश्यले आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महन्थ ठाकुर र नेता सर्वेन्द्रनाथ शुक्लले ती दुइ मन्त्रालय अविलम्ब खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।वर्तमान गठबन्धन सरकारको मुख्य काम संविधान निर्माण गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउने हो अन्य राज्य सञ्चालनको विषयमा यो सरकार कामचलाउ मात्र भएकाले दूरगामी नीतिगत निर्णय गर्दा विचार पुर्याउनुपर्छ भन्दै तमलोपाले विगतमा भएको सम्झौतालाई इमान्दारितापूर्वक कार्यान्वयन गर्न जोड दिएको छ। बैठकले माओवादीको नेतृत्वमा सरकार बनेपछि पनि माओवादी कार्यकर्ता र वाईसीएलको अराजकता कायमै रहेको भन्दै तत्काल त्यस्ता कार्य रोक्न माग गरेको छ।

No comments: