News

Sep 8, 2008

उपराष्ट्रपतिको निवासमा बम विस्फोट गराउने ५ जनालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपराष्ट्रपति परमानन्द झाको गौरीघाटस्थित निवासमा बम विस्फोट गराउने राष्ट्रिय मुक्ति सेनाका प्रमुख कमान्डरसहित ५ जनालाई प्रहरीले पक्राउ गरी आइतबार र्सार्वजनिक गरेको छ। भदौ १ गते साँझ सो समूहले उपराष्ट्रपति झाको निवासमा बम विस्फोट गराउँदा मानवीय क्षति भने भएको थिएन। उपराष्ट्रपति झाले हिन्दीमा शपथ लिएको विरोधमा बम विस्फोट गराइएको सो समूहले जनाएको छ।प्रहरीले सो संगठनका प्रमुख कमान्डर किरण प्रभात, सञ्जय विज्ञान, नवीन उपनाम गरेका मोहन कार्की, उपकमान्डर विशाल, टीक भट्ट उपनाम गरेका टीकराज मगर, सदस्यहरू सोमबहादुर र्राई, शिवबहादुर कार्की र प्रवीण दुरालाई शनिबार चावहिलबाट पक्राउ गरेको हो।प्रहरीको नियन्त्रणमा रहेका अभियुक्तहरूले गत साउन ३० गते मण्डिखाटारस्थित एक घरमा बसेर बम विस्फोटको योजना बनाई भदौ १ गते प्लास्टिक ग्रिनेड लगेर विस्फोट गराएको बताएका छन्।२०६१ सालमा भूमिगत नेपाल जनतावाद पार्टी नाममा पर्चा पम्प्लेट वितरण गर्दै हिँडेको कार्कीको समूहले पछि राष्ट्रिय मुक्ति सेनाको नाममा अपहरण, असुली र विस्फोट गराउँदै हिँडेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उपेन्द्रकान्त अर्यालले जानकारी दिनुभयो।सो समूहले अहिलेसम्म ३ सय व्यक्ति तथा संघसंस्थाहरूलाई धम्कीपूर्ण चिठ्ठी तथा फोन गरी ३० लाख रुपियाँ असुल गरिसकेको पनि एसएसपी अर्यालले जानकारी दिनुभयो।सामान्य लेखपढ गर्न मात्र जानेका कार्की र मगरलाई यसअघि पनि जबरजस्ती चन्दा असुली गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी कारबाहीपछि जेलबाट छुटेका थिए।प्रहरीले उक्त विस्फोटको बारेमा छानबिन गर्न एउटा टोली गठन गरी उनीहरूले विभिन्न सञ्चारमाध्यममा फोन गरेको र जारी गरेको विज्ञप्तिको आधारमा खोजी कार्यलाई तीव्र बनाएको महाशाखाका प्रहरी उपरीक्षक देवेन्द्र सुवेदीले जानकारी दिनुभयो।प्रहरीले अभियुक्तहरूको कार्यालयबाट विभिन्न किसिमका सामानसमेत बरामद गरेको छ।सोही समूहले नेकपा एमालेका नेता केपी ओली, कांग्रेसका अमरेशकुमार सिंह र अशोक जोशीलाई सफाया गर्ने धम्कीसमेत दिएको थियो।

No comments: