News

Sep 5, 2008

लालुप्रसाद यादवले कोसी कटान क्षेत्रको हेलिकप्टरबाट निरीक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय रेलमन्त्री लालुप्रसाद यादवले कोसी कटान क्षेत्रको शुक्रबार हेलिकप्टरबाट निरीक्षण गर्नुभएको छ । बिहारका पूर्वमुख्यमन्त्री समेत रहेका यादवले बाढी प्रभावित भारतका सुपौल, अररिया, पूर्णीया, सहर्षालगायत क्षेत्रको निरीक्षण गरी सुनसरीको कोसी व्यारेज क्षेत्रको हेलिकोप्टरबाट अवलोकन गर्नुभएको थियो ।कोसी कटान हुनुमा बिहार सरकार जिम्मेवार रहेको टिप्पणी गरदै आएकाले यादवले शुक्रबारबाट गर्ने भनेको नेपाल भ्रमण स्थगित भएको छ । उहाँले काठमाडौं गएर राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेट गर्ने बताइएको थियो ।

No comments: