News

Sep 16, 2008

सरकारद्वारा हलिया मुक्ति कार्यदल गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सरकारले हलिया मुक्तिका लागि आवश्यक अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । राष्ट्रिय हलिया मुक्ति समाज महासंघले पेस गरेको एघारबुँदे माग अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न उक्त कार्यदल गठन गरिएको हो ।कार्यदलले हलिया पुनस्थापनलगायत रोजगारी, तालिम र हरेक तह एवं क्षेत्रमा हलियाहरूको समानुपातिक प्रतिनिधित्वजस्ता विषयमा अध्ययन गरी सुझाव पेस गर्ने जनाइएको छ । कार्यदलमा राष्ट्रिय हलिया मुक्ति समाज महासंघबाट छ जना, भूमिसुधार तथा व्यवस्था मन्त्रालय र श्रम तथा यातायात व्यवस्थामन्त्रालयबाट एक-एक जना प्रतिनिधि रहेका छन् ।कार्यदलको संयोजकमा शान्ति तथा पुननिर्माणमन्त्रालयका सहसचिव विष्णुप्रसाद नेपाल रहनुभएको छ । कार्यदलमा महासंघका तर्फबाट ताराप्रसाद विक, चक्र बिष्ट, राजुराम भुल, भक्त विश्वकर्मा, सीता विक र गणेश विक रहनुभएको छ भने भूमिसुधार तथा व्यवस्था मन्त्रालयका उपसचिव रघुनाथ अधिकारी र श्रम तथा यातायात व्यवस्थामन्त्रालयका तर्फबाट दीपक सुवेदी रहनुभएको शान्ति तथा पुननिर्माण मन्त्रालयले जनाएको छ ।

No comments: