News

Sep 13, 2008

प्रगतिशील कलाकार संघको घोषणा सभा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात सालयता जनमत सृष्टि गर्न सबैभन्दा ठूलो भूमिका कवि-कलाकारको भएको बताउनुभएको छ । प्रगतिशील कलाकार संघको घोषणा सभाको शनिबार राजधानीमा उद्घाटन गर्दै उहाँले जनमत धेरै ठूलो कुरा भएको अनि जनताका निम्ति र जनताको वैरीको निम्ति पनि जनमत प्राप्त गर्नु चुनौतीपूर्ण काम भएको उल्लेख गर्नुभयो ।जनमत सिर्जना गर्न कवि कलाकारको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । अहिले फेरि शान्ति प्रक्रिया, संविधान निर्माण र सामाजिक-आर्थिक रूपान्तरणमा जनमत सिर्जना गर्नु आवश्यक छ भन्दै प्रधानमन्त्रीले जनताले अपेक्षा गरेको परिवर्तनको आवश्यकतालाई पूरा गर्न वैचारिक तथा राजनीतिक संघर्षबाट खारिएर आएका कलाकारबाट यस खालको मोर्चाको गठन हुनु जायज रहेको बताउनुभयो ।

No comments: