News

Sep 13, 2008

जंगली हात्तीको आक्रमणमा पाँचजनाले ज्यान गुमाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जंगली हात्तीको आक्रमणबाट सिरहा र सप्तरी जिल्लामा पाँचजनाले ज्यान गुमाएका छन् । हात्तीले कुल्चिएर मृत्यु हुनेमा सप्तरी मधपटी- ३ की ५५ बर्षीया लुखियादेवी राम, ३० बर्षीया बिल्टौनदेवी यादव र १० बर्षकी निलमकुमारी राम रहेको प्रहरीले जनाएको छ ।यसैगरी सिरहाको तरेगना गोविन्दपुर-९ मा रामदेव साफी र रामवतीको पनि हात्तीले कुल्चिएर मृत्यु भएको छ । चुरे जंगल क्षेत्रबाट गाउँ प्रवेश गरेका हात्तीले गाउँलेमाथि आक्रमण गरेका हुन् । हात्तीले गाउँलेका दर्जनौं घर भत्काएर नष्ट पार्नुका साथै धानबालीमा नोक्सानी पुर्‍याएको गाउँलेले जनाएका छन् ।

No comments: