News

Sep 8, 2008

परिवर्तन अनुसार नचले कारबाही

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले देशमा भएको परिवर्तनलाई आत्मसात् गर्ने कोसिस गर्दै जनभावनाअनुरूप सबैले कार्य गर्नुपर्ने बताउनुभएको छ। प्रधानमन्त्री प्रचण्डले निजामती सेवा दिवसका अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिद्वारा आइतबार राजधानीमा आयोजित समारोहमा निजामती सेवा पुरस्कार प्रदान गर्दै उक्त कुरा बताउनुभएको हो।हामी ठूलो बलिदान, त्याग र तपस्याबाट भएको परिवर्तनका क्रमबाट गुज्रेका छौं, यसको ऐतिहासिकता र मर्मलाई आत्मसात् गर्नसक्नु र्सवाधिक महत्त्वको विषय हो भन्दै प्रधानमन्त्री प्रचण्डले हामी तीव्र गतिमा परिवर्तनको प्रक्रियामा छौं, यो परिवर्तनको प्रक्रियालाई आत्मसात् गर्न गाह्रो पनि हुन सक्छ र यो परिवर्तनको प्रवाहलाई आत्मसात् गर्नु आजको अपरिहार्य आवश्यकता हो भन्नुभयो।नयाँ नेपालको ऐतिहासिक सर्न्दर्भमा यो ऐतिहासिक संवेदनशीलतालाई विचार गरी निजामती सेवा परिवर्तन हुन सक्छ कि सक्दैन भन्ने चर्चा गर्दै उहाँले सरकारको सफलता र असफलता निजामती कर्मचारीहरूको कार्यदक्षता, कार्यतत्परता, मनोबल र पहलकदमीमा भर पर्ने उल्लेख गर्नुभयो।यो सरकार सफल हुने वा असफल हुने यसका कार्यक्रम ठीक ढंगले जनतामा कार्यान्वयन हुने वा नहुने भन्ने कुरामा भर पर्ने र सरकारको असफलता मात्र होइन, राष्ट्रकै सफलता र असफलता व्यक्त गर्दछ भन्ने कुरा उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले यो सरकारलाई सफल बनाउन र जनताको नयाँ अपेक्षालाई सम्बोधन गर्न सकेनौं भने राष्ट्रकै सफलता र असफलताको तुलना हुनेवाला छ, त्यसैले यसतर्फसबै चनाखो रहनु आवश्यक छ भन्नुभयो।प्रधानमन्त्री प्रचण्डले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा निजामती सेवाबाट कस्तो भूमिका निर्वाह हुन्छ भन्ने कुरामा त्यत्तिकै ऐतिहासिक र गुणात्मक महत्त्वको हुन आएको पनि स्पष्ट गर्नुभयो।सरकारको नीति तथा कार्यक्रमलाई सोमबारसम्ममा टुंगो लगाइसकिने र छिट्टै बजेट पनि प्रस्तुत गरिने जानकारी दिँदै उहाँले गुणात्मक ढंगले बढेको भूमिकालाई आत्मसात् गरेर सरकारद्वारा निर्धारित हुने नीति, कार्यक्रम र बजेटलाई इमानदारी र जिम्मेवारीका साथ लक्ष्य निर्धारण गरी निर्धारित लक्ष्यभित्रै पूरा गर्ने दृढताका साथ अघि बढ्न कर्मचारीहरूलाई निर्देशन पनि दिनुभयो।प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फाट नेपाली जनताको अपेक्षाअनुसार विगतका कुनै विसंगति सरकारको नेतृत्व तहबाट नहोस् भन्नेमा हामी पूरै सजग छौं भन्नुभयो।जनताको परिवर्तनको आकांक्षाअनुरूप परिवर्तन हुन नचाहनेका विरुद्ध कठोर कदम चाल्न सकिने उल्लेख गर्दै उहाँले नयाँ सरकार विगतका विसंगति र विकृतिबाट मुक्त हुनेछ र गलत काम गर्नेहरूका विरुद्ध कठोर कदम चाल्न स्वतन्त्र पनि हुनेछ भन्नुभयो। उहाँले आफू सम्पूर्ण रूपले राष्ट्र र जनताका निम्ति समर्पित रहेमा बेइमानहरूका विरुद्ध संर्घष गर्नमा कसैले छेक्न नसक्ने बताउनुभयो।अहिले संविधानसभाको निर्वाचन र निर्वाचनपछि अब नितान्त भिन्न पृष्ठभूमि भएको नेकपा (माओवादी) नेतृत्वको संयुक्त सरकार तपाईंहरूको अगाडि छ, त्यसको नेतृत्वअर्न्तर्गत तपाईंहरू हुनुहुन्छ, यो अनौठो पनि लाग्न सक्छ भन्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- हाम्रो कार्य गर्ने शैलीले तत्कालको सरकारलाई अथवा सरकारका नीतिनियम लागू गर्ने कुरालाई मात्र असर गर्दैन, भावी सन्ततिलाई कतातिर डोर्याउने भन्ने पनि निश्चित गर्दछ।’

No comments: